टी–ट्वान्टी विश्वकप : बंगलादेश स्कटल्यान्डसँग पराजित

काठमाडौं– बंगलादेश आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमै पराजित भएको छ। बंगलादेश युएई र ओमानमा जारी विश्वकपको पहिलो चरणको पहिलो खेलमै एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित भएको हो।

ओमानको अल अमारत स्टेडियममा स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनायो।

बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ३८ रन जोड्दा शकिब अल हसनले २० रन बनाए। कप्तान महमुदउल्लाहले २३ रन जोडे भने अफिफ होसेनले १८ रन बनाए। मेहदी हसन १३ रनमा अविजित रहे।

स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो।

विश्वकपको पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्