न्यून चापीय र पश्चिमी वायु प्रणालीको प्रभावका कारण बुधबारसम्म पानी पर्ने

देशभरको मौसम पूर्ण रुपमा बदली भएको छ । अहिले वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।लुम्बिनी र सुदूरपश्चिमका एक÷दुई ठाउँमा गएराति ठूलो पानी परेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । मनसुन सकिएर परेको पानी जमिनले नै सोस्ने भएकाले पानी परेका ठाउँमा पहिरो जान सक्ने भएकाले सचेत रहन उहाँको आग्रह छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली केही ठाउँमा हिमपातको सम्भावना छ। बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको नेपालमा संयुक्त प्रभाव रहेको छ । पर्सि बुधबारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। केही नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकोले बुधबारसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसमविदले आग्ह गरेका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्