सार्वजनिक सवारीको नयाँ भाडादर आजदेखि लागु(कहाँ कति सूचीसहित)

वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको बढेको भाडा आजदेखि लागु भएको छ।प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधन र प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको कात्तिक १ देखि लागु हुने गरी नयाँ भाडादर कायम गरेको थियो।

काठमाडौं उपत्यकाबाहेक बागमती प्रदेशका अन्य जिल्लाहरुमा भने २३ प्रतिशतले भाडा वृद्धि गरिएको छ। यो भाडादरमा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकिलो पाँच रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन्। 

नयाँ भाडादर कायम भएसँगै अब धादिङबेशी–काठमाडौं भाडा २२६ रुपैया, धादिङबेसी–नारायणघाट २६१ रुपैया, गल्छी–देबीघाट ५४ रुपैया,गल्छी–काठमाडौँ १२२ रुपैया भाडादर कायम भएको छ । 

यस्तै काठमाडौं उपत्यकाका सार्वजनिक यातायात चढ्न साथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ। उक्त भाडादर पाँच किलोमिटरसम्मका लागि लागु हुने जनाइएको छ। यस्तै‚ १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा कामय गरिएको छ।

भाडादरमा डिलक्स सुबिधा सहितको सेवा प्रदान गर्ने सार्वजनिक यात्रुवाहक सवारी साधनहरुको हकमा भने यातायात व्यवस्था कार्यालय/सवारी परिक्षण कार्यालयबाट डिलक्स सुबिधा लिएको प्रमाणित भएकाले २०  प्रतिशत सम्म भाडा थप गरी लिन पाउने छन्।

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था अनुसार बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत असोज २० गते सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो। 

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्