एमालेको वडा र पालिका कमिटीको संरचना यस्तो बन्नेछ(सूचीसहित)

नेकपा एमालेको वडा अधिवेशन यहि ६ गते देशभर एकसाथ हुँदैछ । त्यस्तै ७ सय ५३ वटै स्थानीय तहको पालिका अधिवेशन ९ गते एकसाथ हुँदैछ । वडा, पालिका लगायतका कमिटीहरुमा कस्तो संरचना बन्ने वारे नेकपा एमालेले टुंगो लगाएको छ ।

आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलसहितका नेताहरुको बैठकबाट कमिटीहरुको संरचना टुंगो लगाएको हो ।

कमिटीहरुको टुंगो लगाएसँगै विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनका लागि प्रेस पनि पठाइएको छ । वडा र स्थानीय तहका पदाधिकारी ५ जना हुनेछन् । जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपपसचिव निर्वाचित हुनेछन् । यस्तै पुर्ण कमिटी भने ३१ जनाको हुनेछ ।

उपमहानगरपालिकाका वडाहरुमा ४१ र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी चयन हुने एमालेले जनाएको छ । त्यस्तै कात्तिक ९ गते हुने गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । उपमहानगरपालिका कमिटी ८५ सदस्यीय र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने एमालेले जनाएको छ। 

यस्तै नेकपा एमाले धादिङको यहि कार्तिक ६ गते हुने जिल्लाका १०४ वटै वडाको वडा अधिवेशन र ९ गते हुने १३ वटै पालिकाको पालिका अधिवेशनका लागि तयारी थालिएको एमाले धादिङका सचिव अर्जुन कुमार गोर्खालीले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्