असोज २१ देखि ३१ सम्म देशभर भएको दुर्घटनामा ६७ ले ज्यान गुमाए

देशभर दशैंको अवधिमा मात्र भएको दुर्घटनामा परि ६७ जनाको मृत्यु भएको छ। असोज २१ गतेदेखि आइबार बिहानसम्म भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६७ जना पुगेको प्रहरीको तथ्याङ्कम उल्लेख गरिएको छ।प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेश अन्र्तगतका जिल्लामा असोज २१ देखि २९ गतेसम्म भएको १५ वटा सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने २३ गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा बारामा तीन जना, बर्दियामा एक जना, सप्तरीमा दुई जना, रौतहटमा एक जना, झापामा एक जना, कास्कीमा नौ जना, मुगुमा ३२ जना, सुर्खेतमा दुई जना, कैलालीमा दुई जना, धनुषामा दुई जना, मकवानपुरमा दुई जना, बाँकेमा एक जना रहेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

अघिल्लो महिना देशभर साउनमा ८०९ दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने ६४२ जना घाइते भएका थिए । यता भदौमा ८४६ वटा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने ६६८ जना घाइते भएको प्रहरीको तथ्याङ्क छ। 

नेपाल प्रहरीको तथ्याङक अनुसार हालसम्म ३० वर्षमा आर्थिक वर्ष २०७६/७७ मा सबै भन्दा धेरै १० हजार ३० वटा दुर्घटना भएको थियो भने त्यस पछि आर्थिक वर्ष २०७७/७८ मा नौ हजार ५४५ वटा दुर्घटना भएको थियो । प्रहरीले आर्थिक वर्ष २०४९/५० देखि नियमित रुपमा दुर्घटनाको तथ्याङ्कलाई अद्यावधिक गर्दै आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्