धादिङमा कात्तिक ४ र ५ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार असोज ७, ८, १० र ११ गते कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्राको रुपमा कार्तिक ४ र ५ गते लगाउन लागिएको हो।
स्वास्थ्य कार्यालय धादिङले एक सूचना जारी गर्दै जिल्लाका सबै स्थानीय तहमा पूर्ववत सञ्चालन भएका कोभिड खोप केन्द्रहरुबाट नै दोस्रो मात्रा पाउनुपर्ने नागरिकलाई खोप लगाउन लागिएको हो । यस्तै खोप लगाउन आउने व्यक्तिले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ।
जिल्लामा असोज ७, ८, १० र ११ गते सञ्चालन भएको खोप अभियानमा १५ हजार ५ सय ९ जनााले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए। धादिङमा हालसम्म ९४ हजार बढि नागरिकले पहिलो मात्रा लगाएका छन् भने ६७ हजार बढिले पूर्णमात्रा खोप पाइसकेका छन्।फार्ईल तस्विर