पछिल्लो २४ घण्टामा १ हजार ९६ संक्रमित थपिए,१२ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा १ हजार ९६ कोरोना संक्रमित थपिदा १ हजार ४ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ८ हजार १४० जनाको पीसीआर गर्दा ९५७ जना र १ हजार ७७६ जनाको एन्टिजेन परिक्षणमा १३९ गरी १ हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमबार ५९१ संक्रमित थपिएका थिए । योसँगै देशभर संक्रमित हुनेको संख्या ८ लाख ९९ हजार ३९० पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ८३ हजार ३९७ पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ८१५ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब १ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १२ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ३०५ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्