असोजमा भेरोसेलको पहिलो मात्रा लगाएकालाई ४ र ५ गते दोस्रो मात्रा लगाइने

धादिङमा कात्तिक ४ र ५ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार असोज ७, ८, १० र ११ गते कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्राको रुपमा कार्तिक ४ र ५ गते लगाउन लागिएको हो।

स्वास्थ्य कार्यालय धादिङले एक सूचना जारी गर्दै जिल्लाका सबै स्थानीय तहमा पूर्ववत सञ्चालन भएका कोभिड खोप केन्द्रहरुबाट नै दोस्रो मात्रा पाउनुपर्ने नागरिकलाई खोप लगाउन लागिएको हो । यस्तै  खोप लगाउन आउने व्यक्तिले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ।

जिल्लामा असोज ७, ८, १० र ११ गते सञ्चालन भएको खोप अभियानमा १५ हजार ५ सय ९ जनााले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए। धादिङमा हालसम्म ९४ हजार बढि नागरिकले पहिलो मात्रा लगाएका छन् भने ६७ हजार बढिले पूर्णमात्रा खोप पाइसकेका छन्।फार्ईल तस्विर

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्