लोकतान्त्रिक प्रक्रियाको अवलम्बन कांग्रेस बाहेक अरु पार्टीले गर्न सक्दैन:रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले पार्टी सिँगै भएकाले एमालेसँगको लडाईलाई अझै सामान्य रुपमा नलिन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। मंगलबार काग्रेसका धादिङका पूर्व सभापति  रामनाथ अधिकारीको आमाको निधन पश्चात अधिकारीलाई समवेदना प्रकट गर्न धादिङ आईपुग्नुभएको बेला पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले एमाले पार्टी नफुटेकोले एमालेसँगको प्रतिस्पर्धाको लागि काँगे्रस सक्षम हुनुपर्ने बताउनुभयो।

उहाँले काँग्रेस नेपाली जनताको भरोसाको केन्द्र कसरी बन्न सक्छ भन्ने कुरा प्रमाणीत गर्नु आवश्यक रहेको भन्दै पार्टीले वडास्तरदेखि नै लोकतान्त्रिक अभ्यास अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो।लोकतान्त्रिक प्रक्रियाको अवलम्बन कांग्रेस बाहेक अरु पार्टीले गर्न नसक्ने भन्दै नेता पौडेलले लोकतन्त्रमाथि कसैले आघात पु¥याउन खोजे त्यसको प्रतिकार गर्ने बताउनुभयो।उहाँले भन्नुभयो,‘कांग्रेस लोकतन्त्रका लागि जन्मेको पार्टी हो, त्यसका लागि सदैव लडिरहन्छ,’कांग्रेसभित्र पनि आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौँ।’

पार्टीको अधिवेशन जसरी पनि मंसिरमा गर्ने भन्दै नेता पौडेलले क्रियाशील सदस्यताबारे विवाद रहेका ठाउँमा समाधान गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्ने  बताउनुभयो।‘अझै पनि लोकतन्त्र सुनिश्चित गर्नको लागि अझै लडाई बाँकी छ त्यो संघर्षको अभियान एउटा हाम्रो महाधिवेशन हो, पौडेलले भन्नुभयो।’

अहिलेको महाधिवेशनले काँग्रेसलाई सुधार गरेर, निखार गरेर, लोकतन्त्रको बाटोमा फर्काएर, कांगे्रस भित्र आन्तरीक लोकतन्त्र साकार गराएर संस्थागत विकास पार्टी विधि र लोकतान्त्रातिक प्रक्रियाबाट चल्ने बनाएर जनताले भरोसा गर्ने पार्टी बनाउने बताउनुभयो।यस्तै पत्रकार भेटघाट कार्यक्रममा काङ्ग्रेसका महामन्त्री सशांक कोइरालाले काग्रेसको पहिलो काम नै महाधिबेशन सम्पन्न गर्नु रहेको बताउनु भएको छ ।उहाँले महाधिवेशनको समयावधि थपे पार्टी कमजोर हुने भन्दै निर्धारित समयमै महाधिवेशन हुनुपर्ने बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्