धारापानीमा जारी फुटबलमा आज सल्यानटार,मुरली भन्ज्याङ,मिरमिरे,मैदी र एकता बिजयी

धादिङको ज्वालामुखी गाउँपालिका–७ धारापानीमा जारीआठौ धारापानी नाईन ए साईड फुटबल प्रतियोगितामा आज ५ खेल सम्पन्न भएको छ।आज भएको पहिलो खेलमा धुसेनी सामुदायिक बिकास समाजलाई र क्थ्म्क् सल्यानटारले ४–० ले पराजित गर्याे भने दोस्रो खेलमा मुरली भन्ज्याङ्ग युवा क्लबले मिलिजुली युवा क्लबलाई २–० ले पराजित गरेको छ। 

त्यस्तै नेत्रावती युवा क्लबलाई मिरमिरे युवा क्लबले १–० ले हरायो भने लगनसिल युवा क्लब बि लाई र मैदी युनाईटेडले ४–० ले पराजित गरेको र आजको अन्तिम खेलमा एकता फुटबल क्लबले आदमघाट सामुदायिक युवा क्लबलाई १–० ले पराजित गरेको आयोजक लगनसिल युवा क्लवका  कृष्ण गिदेल मगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा भोलि पाँच खेल हुने आयोजकले जनाएको छ ।भोलीको पहिलो खेल सालबास युनाईटेड र जलअनकन्या युवा क्लब भिड्नेछन् भने दोस्रो खेल श्रीजनसिल युवा क्लब ढोला र एनटिवाईसि भिड्नेछन् ।त्यस्तै तेस्रो खेलमा लनगशिल युवा क्लब ए र सनराईज फुटबल क्लब भिड्ने छन् भने सल्यानटार र मैदी युनाईटेड तथा अन्तिम खेलमा मिरमिरे युवा क्लब र एकता फुटबल क्लब भिड्ने आयोजकले जनाएको छ।

लगनसिल युवा क्लवको आयोजनामा असोज ३१ गतेबाट शुरु भएको उक्त फुटबल प्रतियोगितामा जिल्लाका १८ वटा क्लबको सहभागीता रहेको छ।प्रतियोगिताको बिजेताले नगद रु १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र साथै उपबिजेताले नगद रु ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकका कृष्ण गिदेल मगरले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनल तथा समापन साथै पुरस्कार वितरण कार्यक्रम कार्तिक ५ गते  हुनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्