धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा चन्द्रबहादुर बि.क. को नेतृत्वमा ६४ जना जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।मंगलबार वडा नं. १ स्थित निमार्चोकमा जनता समाजवादी पार्टीद्धारा आयोजित वडा भेलामा बि.क.को नेतृत्वमा माओवादी, काग्रेस र एमालेका ६४ जना भन्दा बढी ब्यक्तिहरु जसपा प्रवेश गरेको जसपा गाउँपालिकाका सचिव विक्रम तामाङले जानकारी दिनुभयो ।
जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य बिर बहादुर तामाङ (क.चम्पासिंह),जसपा धादिङका अध्यक्ष राम ढकालले टीका र खादा लगाएर पार्टीमा प्रवेश गराउनु भएको तामाङले जानकारी दिनुभयो।