आठ हजार ४२६ को परिक्षणमा थपिए ६६२ संक्रमित,१३ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या नौ लाख नाघेको छ।पछिल्लो २४ घण्टामा ६६२ कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ७४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृृष्ण पौडेलले बताउनुभयो। 

देशभरका प्रयोगशालाबाट ७ हजार २२ जनाको पीसीआर गर्दा ५३५ जना र १४ सय ४ जनाको एन्टिजेन परिक्षणमा १२७ गरी ६६२ जनामा सङ्क्रमण पुष्टि भएको डा.पौडेलले बताउनुभयो। मंगलबार मात्रै १ हजार ९६ संक्रमित थपिएका थिए । 

यस्तै पछिल्लो २४ घण्टामा ७५८ संक्रमित निको भएसँगै देशभर हालसँम्म संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ८४ हजार १५५ पुगेको छ ।सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ५७९ रहेको छ।

सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब १ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १३ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ३१८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्