नलाङ बिटाटीमा डिआइ भ्यान दुर्घटना हुदाँ सात जना घाइते

धादिङ,०३ कात्तिक।सिद्धलेक गाउँपालिका वडा नं २ स्थित बिटाटीमा डिआई भ्यान दुर्घटना हुदाँँ सातजना घाईते भएका छन्।नलाङ खिर्रेबाट काठमाडौँ जाँदै गरेको बा ५ च ९८३६ नम्बरको डिआइ भ्यान ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खस्दा सातजना घाईते भएको प्रहरीले जनाएको छ। 

घाईते हुनेहरुमा सिद्धलेक–२ का २७ बर्षिय रमेश विक, ७० बर्षिया मैना परियार, २४ बर्षिय शान्ता वि.क, वडा नं ६ की २४ बर्षिय रेनुका सुनार, २४ बर्षिय सारा सुनार, ५ बर्षिय आर्यमन सुनार र ५ महिने बालिका आरुषी सुनार  रहेका छन्।घाईतेहरु सबैको धादिङ अस्पतालमा उपचार भईरहेको र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्