बिहिबार ५४५ जनामा संक्रमण हुदाँ ७२६ संक्रमित निको भए

धादिङ,०४ कात्तिक।पछिल्लो २४ घण्टामा ५४५ कोरोना संक्रमित थपिदा ७२६ संक्रमित निको भएका छन्।देशभरका प्रयोगशालाबाट ६ हजार ५८६ जनाको पीसीआर गर्दा ४७० जना र १९ सय ६३ जनाको एन्टिजेन परिक्षणमा ७५ गरी ५४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधबार मात्रै ६६२ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १ हजार २९३ पुगेको भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ३१५ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब २ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ८ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ३२६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्