धादिङमा आज ४ जनाको एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखीका एक जनाको कोरोना पोजिटिभ आएको छ।यो सँगै हाल जिल्लामा सक्रिय संक्रमित नौ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ४१ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९८६ रहेको छ।यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।हाल संक्रमित मध्ये ९ जना नै होम आइसोलेसनमा रहेका छन्।