११ गतेदेखि धादिङ जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने

धादिङमा कात्तिक ११ देखि १६ गतेसम्म जिल्ला स्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विशालटामा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा क्रिकेट प्रतियोगिता हुने धादिङ जिल्ला क्रिकेट संघका अध्यक्ष दिपेश कंडेलले जानकारी दिनुभयो ।गत भाद्र ६ गते गठन भएको क्रिकेट संघको निर्णय अनुसार जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष कंडेलले बताउनुभयो।

संघका अनुसार प्रतियोगिताकमा सहभागि हुनको लागि कात्तिक ७ गतेसम्म टिम दर्ता गर्न सकिने र टिम दर्ताका लागि रु ५ हजार दर्ता शुल्क लाग्ने छ। साथै टिम दर्ताको लागि टिममा आवद्ध सबै खेलाडी जिल्ला भित्रके हुनुपर्ने,एक जना खेलाडीको नाम एउटा क्लबबाट मात्रै दर्ता गर्न पाउने, क्लब/टिममा आवद्ध खेलाडीको आधिकारिक परिचय पत्र प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो दिनसम्म उपलब्ध गराउनुपर्ने जनाएको छ।

उक्त जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामार्फत निकट भविष्यमा संचालन हुने बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा जिल्लाबाट क्रिकेट टिम छनोट गरि पठाईने अध्यक्ष कंडेलले बताउनुभयो ।संघले प्रतियोगितामा सहभागि हुन जिल्ला भित्रका सम्पुर्ण खेलाडी तथा क्लबहरुलाई अनुरोध गरेको छ।

टिम दर्ताको लागि सम्पर्क
मनिष दुवाडी : ९८५११६०६३७
दिपेश कँडेल : ९८६५००३१९५

 

No photo description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्