गर्भवती र स्तनपान गराइरहेकी आमाको खानामा परिवारले के कसरी जोहो गर्न सक्छन्?यस्तो भन्नुहुन्छ,स्वास्थ्यकर्मी नहर्की

रेडियो कार्यक्रम भन्छिन आमामा(गर्भवती तथा स्तनपान गराईरहेकी(१००० दिनको) आमाको खानामा पशुजन्य खानाको महत्व र फाईदाका विषयमा धादिङको नीलकण्ठ नगरपालिकाको एमसिएच क्ल्निीकमा सिनियर अहेव रुपमा सेवारत लक्ष्मि नहर्कीसँग नागरिकहरुको प्रश्न एवं जिज्ञाशाहरुलाई लिएर अनिल नेपालीले गर्नुभएको कुराकानीको अस्मिता पोखरेलद्धारा संपादित अंशः

१.पशुपन्छीजन्य खाना भित्र के कस्ता खानेकुरा पर्छन ?

पशुपन्छीजन्य खाना भित्र माछा मासु, दुध, दही, दुध दहीलाइ परिमार्जन गरेर पनिर, घ्यु, खुवा आदि कुराहरु पर्दछन्। यस्तो खानेकुराहरु गर्भवती र सुत्केरी महिलालाई एकदम आवश्यक छ। 

२. भनेपछि, अण्डा माछामासु दुध दही घिउ आदी पशुपंक्षीजन्य खानेकुरा भए।यी खानेकुरा खाँदा के कस्तो पौष्टिक तत्व पाइन्छ, जुन अरु खानेकुराबाट पूर्ति हुँदैन?

कार्वोहाड्रेट प्राप्त हुने खानेकुराहरु अन्नबाट प्राप्त हुन्छ,फलफुलबाट शक्ति प्रदान हुन्छ, पशुपंक्षीजन्य खानेकुरा खाँदा क्याल्सियम, प्रोटिन, भिटामिन ए अन्य पौष्टिक तत्वहरु प्रसस्त मात्रामा पाइन्छ। यो गर्भवती र सुत्केरी महिला जुन सुनौलो हजार दिनको महिलाहरु भनिन्छ उहाँहरुको लागि अति आवश्यक हुन्छ। उहाँहरुले साविकको खाना भन्दा दिनमा एक पटक थपेर खाना खानु पर्दछ। प्रत्येक पटक खाने खानामा पशुपंक्षीजन्य खानेकुराहरु केही न केही समावेश भयो भने आमा र बच्चाको लागि एकदम राम्रो हुन्छ। 

३. गर्भवती र बच्चालाई स्तनपान गराइरहेकी आमाको खानामा पशुपंछिजन्य खाना समावेश हुनु किन जरुरी छ?

पशुपंछिजन्य खानेकुरा भनेको एकदम धेरै मात्रामा भिटामिन, क्याल्सियम, मिनरल्स र अन्य पौष्टिक तत्व पाइने खानेकुरा हो। गर्भवती र बच्चालाई स्तनपान गराइरहेकि आमाको खानामा समावेश भएन भने भर्गवती अवस्थामा पनि आमालाई विभिन्न प्रकारको भिटामिनको कमि हुने, बच्चा राम्रोसँग बढ्न नसक्ने, भिटामिनको कमि हुने, जन्मिदै कुपोषण हुने अथवा समय अगाडि नै गर्भपतन हुने त्यस्ता विभिन्न समस्याहरु देखिन्छन्।

बच्चा जन्मीए पनि आमाको दुधबाट प्रसस्त मात्रामा पौष्टिक तत्व, भिटामिनहरु बच्चाले खान नपाउने हुँदा पशुपंछिजन्य खानेकुराहरु अनिवार्य रुपमा सक्छौँ भने मासु, अण्डा पटक पटक मिलाएर खुवाउनु पर्यो। सक्दैनौँ भने जे सकिन्छ दुध, दही, घ्यु, पनिर, अण्डा मासु प्रत्येक पटकको खानामा समावेश गरेर खुवाउनु अति आवश्यक हुन्छ र खुवाउनु पर्छ। 

४. यसरी पशुपंक्षीजन्य खानेकुरा समावेश गरेर खुवाउँदा के फाइदा हुन्छ?

हामीले हरेक बार खाना चार खुवाउनु पर्छ त्यसमा थप एक पटक गर्भवती र बच्चालाई स्तनपान गराइरहेकि आमालाई खुवाउनु पर्छ। पशुपंक्षीजन्य खानेकुरा खुवाउँदा धेरै प्रकारका फाइदा हुन्छन्।

जुन क्याल्सियम अत्याधिक मात्रामा पाइने, भिटामिन ए पाइने, अन्य पौष्टिक तत्वहरु पाइने जसले गर्दा बच्चाको बृद्धिविकास राम्रोसँग हुने, सुत्केरी आमालाई तागत दिने, दुध प्रशस्त आउने हुन्छ। साथै हामीले नियमित गर्भ जाँच कम्तिमा चार पटक गराउने, तीन महिना अगाडि फोलिक एसिड लगातार खाने, तीन महिना भइसकेपछि आईरन, जुकाको औषधि र क्याल्सियम नियमित रुपमा गर्भवती महिलाहरुलाई खुवाउने गर्नुपदर्छ। 

५. गर्भवती र बच्चालाई दुध खुवाइरहेकी आमाको खानामा पशुपन्छि जन्य खाना समावेश गर्नैपर्ने हुन्छ?

पशुपंक्षीजन्य खाना समावेश छैन भने गर्भवती आमाहरुले पाउन पर्ने पौष्टिक तत्व, भिटामिनहरु पाइरहेका हुँदैनन्। अन्य खाना सादा खाना, हरियो साग सब्जी, पहेँला फलफुल, कार्वोहाइड्रेट प्राप्त हुने आलुहरु खुवाउनै पर्छ। त्यसमा पनि पशुपंक्षीजन्य खाना अनिवार्य समावेश गर्नुपर्छ। गर्भवती र बच्चालाई दुध खुवाइरहेकी आमालाई जसरी भएपनि मिलाएर पशुपंक्षीजन्य खानेकुरा समावेश गरेर हरेक बार खाना चार साथसाथै थप एक पटक खानेकुरा खुवाउन पर्दछ। 

६.पशुपन्छिजन्य खानाले स्वयं गर्भवती महिला र गर्भमा रहेको बच्चाको वृद्धि विकासमा  कस्तो फाइदा हुन्छ? अनि स्तनपान गराइरहेकि आमा र बच्चालाइ के फाइदा गर्छ?

पशुपंछीजन्य खानेकुरा जुन गर्भवती महिलाले खानु भएको छ, उहाँको समय अनुसार बच्चाको बृद्धि विकास हुने, आमालाई रगतको कमी नहुने, क्याल्सियम प्रसस्त पाएको कारण उहाँको स्वास्थ्य अवस्था राम्रो हुने, पौष्टिक तत्व पाउँदा शारीरीक कमजोर नहुने स्वस्थ रहने हुन्छ। बच्चा जन्मीसकेपछि उहाँले आवश्यक मात्रामा थप खानाको साथमा यो पशुपंछीजन्य खानेकुराहरु लगातार खानुभयो भने एकदम फाइदा हुन्छ।

पशुपंछीजन्य खानेकुराहरुबाट पाइने पौष्टिक तत्व, भिटामिन, क्याल्सियम अरुबाट पाउन सकिदैन। जन्मीएको बच्चाको स्तनपान गराउँदा जुन पौष्टिक तत्व जानुपर्ने हो त्यो प्रयाप्त मात्रामा जान्छ, बच्चा उमेर अनुसार बढ्छ, स्वस्थ रहन्छ, रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुन्छ र सुत्केरी आमा चाँडै बलियो हुनलाई मद्धत पुग्छ त्यसैले पशुपंछीजन्य खाना एकदम आवश्यक छ। यसका साथसाथै बच्चा जन्मीसकेपछि सुत्केरी आमालाई भिटामीन ए क्यापसुल खुवाउनुपर्छ। बच्चा जन्मीएको ४५ दिनसम्म लगातार क्याल्सियम र आईरन चक्की खुवाउनुहोला। 

७. गर्भावस्थामा कतिपय गर्भवतीहरुलाई खान मन नलाग्ने वा वाकवाकी लाग्ने समस्या पनि सुनिन्छ। अझ कतिपयलाई माछामासु अण्डा गन्हाउने भन्नेपनि सुनिन्छ र यही कारणले नखाने गरेको पनि पाइएको छ। उहाँहरुले कसरी खाने अण्डामासु लगायतका पशुपंक्षीजन्य खानेकुरा?

यो अवस्था भनेको एकदम संवेदनशील अवस्था हो। शुरुको ३÷४ महिनामा गर्भवती आमाहरुलाई गारो हुने, कमजोरी हुने, खान मन नलाग्ने, वाक्वाकी लाग्ने जस्ता समस्या देखा पर्दछ। यस्तो अवस्थामा गर्भवती महिलाले आफुले बनाएर खान सक्ने अवस्था हुँदैन। परिवारले, श्रीमानले सहयोग गनुपर्छ।

आफुलाई जे जति रुच्छ त्यो खाने वान्ता भयो भने फेरी खाने, यस्तो अवस्थामा गर्भवती महिलाहरुको शारीरीक, मानसिक र अन्य परिवर्तन हुने भएकोले खाना नरुचेको अवस्थामा उहाँलाई जस्तो खाना रुच्छ त्यस्तै खुवाउनु पर्छ । विषेश गरेर अण्डा पशुपंछीजन्य खानेकुराहरु, दुध, दही, माछा, मासु खुवाउनु पर्छ। 

८.त्यस्तै केहि समुदायमा सुत्केरी अवस्थामा दुध, दहि, मासु नदिने गरेको पनि पाइन्छ। उहाँहरुलाइ के भन्न चाहानुहुन्छ?

सुत्केरी अवस्थामा दुध, दही, माछा, मासु अनिवार्य खुवाउन पर्ने, प्रत्येक दिन प्रत्येक पटकको खानामा खुवाउनु पर्ने, हरेकबार खाना चारमा पाँच पटक दिनुपर्नेमा उहाँहरुले नदिएर गर्भवती महिला बच्चालाई पौष्टिक तत्व, भिटामिन, क्याल्सियम जस्ता कुराहरुको कमी गराइरहनु भएको छ। अहिलेसम्म नदिएको भएपनि अब दैनिक खुवाउनुहोला।

९.यस्तो गलत धारणा राखेर पशुपंक्षीजन्य खानेकुरा गर्भवति, दुध खाने बच्चाको आमालाई नखुवाउँदा के के बेफाइदा हुन्छ?

पशुपंक्षीजन्य खानेकुरा गर्भवति, दुध खाने बच्चाको आमालाई नखुवाउँदा बच्चाको तौल बढ्दैन, क्याल्सियम, भिटामीन, पौष्टिक तत्वको कमी हुन्छ जुन आमाको दुधबाट बच्चाले जन्मीएको ६ महिनासम्म पुर्ण स्तनपान गर्नुपर्छ त्यतिबेला आमाको दुध प्रशस्त आउँदैन, आमाले पौष्टिक तत्व खाना, पशुपंछीजन्य खाना नखाएपछि आमा कमजोर हुने, बच्चाको उमेर अनुसार बृद्धि विकास नहुने, विभिन्न रोगहरु लाग्ने भयो यसबाट फाइदा भन्दा बेफाइदा धेरै छ। 

१०. हरेक दिन मासु खान संभव नभएको अवस्थामा बिकल्पमा पशुजन्य खाना के हुनसक्छ?

हरेक दिन मासु खान संभव नभएको अवस्थामा बिकल्पमा अण्डा, दुध, दही, पनिर, घ्यु खुवाउन सकिन्छ। सकेसम्म मासु खुवाउन पर्यो नसके कुनै एक चिज पशुपंछीजन्य खानेकुरा गर्भवती र सुत्केरी महिलाको प्रत्येक पटकको खानामा समावेश गर्नु जरुरी छ। 

११.अन्त्यमा गर्भवती महिला र स्तनपान गराइरहेकी आमाको हरेक दिनको खानामा मासुको विकल्पमा अण्डा मात्रै भएपनि समावेश होस् भन्नका लागि परिवारले के कसरी जोहो (ब्यबस्थापन) गर्न सक्छन्?

गर्भवती महिला र स्तनपान गराइरहेकी आमाहरुको खानेकुराको व्यवस्थापन परिवारले गर्ने हो। परिवारमा श्रिमान, सासु, ससुरा रहनुहुन्छ भने उहाँहरुले सकेसम्म दिनदिनै प्रत्येक पटकको खानामा थोरै, थोरै मासु समावेश गर्नु, नसके पनि हप्तामा एकदिन मासु खुवाएर, प्रत्येक दिन अण्डाको व्यवस्थापन गर्नुपर्छ। परिवारले यो कुरामा ध्यान दिनुपर्छ। आर्थिक अवस्थामा कमजोर भएपनि अण्डा, दुध, दही खुवाउने व्यवस्थापन मिलाउन पर्छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्