एमाले गंगाजमुना–६ को अध्यक्षमा ढकाल,देशभर भोलि एकसाथ वडा अधिवेशन हुँदै

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)एमाले गंगाजमुना गाउँपालिका वडा नं ६ को अध्यक्षमा नमराज ढकाल चयन हुनुभएको छ।शुक्रबार सम्पन्न वडा अधिवेशनबाट ढकालको अध्यक्षयतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको अनेरास्ववियु धादिङका सह–संयोजक रक्तिम रेग्मीले जानकारी दिनुभयो।

संविधान सभा सदस्य धन बहादुर घलेको प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा एमाले बाग्मती प्रदेश कमिटी सदस्य तथा गंगाजमुना इन्चार्ज इन्द्र बहादुर श्रेष्ठ, वडा न ६ वडाध्यक्ष एवम एमाले गंगाजमुनाका अध्यक्ष भक्त बहादुर लामिछाने,वडा न ७ का वडाध्यक्ष बाबुराम न्यौपाने लगाएतको आतिथ्य रहेको थियो।

May be an image of 6 people, people standing, outdoors and text that says "REDMI NOTE 9 AI QUAD CAMERA"

एमालेको वडा अधिवेशन भोलि देशभर एकसाथ हुँदैछ तर गंगाजमुना ६ को वडा अधिवेशन भने आजै सम्पन्न भएको छ ।त्यस्तै ७ सय ५३ वटै स्थानीय तहको पालिका अधिवेशन ९ गते एकसाथ हुँदैछ । वडा, पालिका लगायतका कमिटीहरुमा कस्तो संरचना बन्ने वारे नेकपा एमालेले टुंगो लगाएको छ ।

वडा र स्थानीय तहका पदाधिकारी ५ जना हुनेछन् । जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपपसचिव निर्वाचित हुनेछन् । यस्तै पुर्ण कमिटी भने ३१ जनाको हुनेछ ।

उपमहानगरपालिकाका वडाहरुमा ४१ र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी चयन हुने एमालेले जनाएको छ । त्यस्तै कात्तिक ९ गते हुने गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । उपमहानगरपालिका कमिटी ८५ सदस्यीय र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने एमालेले जनाएको छ। ​

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्