ज्वालामुखीमा जारी फुटबलमा सालबास र त्रिपुरासुन्दरी फाईनल प्रवेश

धादिङको ज्वालामुखी गाउँपालिका–७ धारापानीमा जारी आठौ धारापानी नाईन ए साईड फुटबल प्रतियोगितामा सालबास  र न्यु त्रिपुरासुन्दरी फाईन प्रवेश गरेका छन्।

आज सम्पन्न अन्तिम क्वाटरफाईनल खेलमा लगनशिल युवा क्लबलाई न्यु त्रिपुरासुन्दरी युवा क्लबले २–० ले पराजित गरेको छ।त्यसैगरि आजै सम्पन्न पहिलो सेमिफाईनल खेलमा सालबास युनाईटेडले मैदी युनाईटेडलाई १–० ले पराजित गर्दै फाईनल प्रवेश गरेको आयोजक लगनसिल युवा क्लवका कृष्ण गिदेल मगरले जानकारी दिनुभयो।

यस्तै दोस्रो सेमिफाईनल खेलमा एकता फुटबल क्लबलाई न्यु त्रिपुरासुन्दरी युवा क्लबले ३–० ले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।प्रतियोगिताको उपाधीको लागि भोली बिहान ८ः०० बजे सालबास युनाईटेड र  यु त्रिपुरासुन्दरी युवा क्लब भिड्ने आयोजकले जनाएको छ ।
लगनसिल युवा क्लवको आयोजनामा असोज ३१ गतेबाट शुरु भएको उक्त फुटबल प्रतियोगितामा जिल्लाका १८ वटा क्लबको सहभागीता रहेको थियो।

प्रतियोगिताको बिजेताले नगद रु १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र साथै उपबिजेताले नगद रु ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नुका साथै विभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजकका कृष्ण गिदेल मगरले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनल तथा समापन साथै पुरस्कार वितरण कार्यक्रम कार्तिक ६ गते  हुने भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्