धादिङमा कोरोनाका सक्रिय संक्रमित १२ पुग्यो,तिन संक्रमित थपिए

धादिङमा आज नौ जनाको एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखी गाउँपालिकाका ३ जनाको कोरोना पोजिटिभ आएको छ।यो सँगै हाल जिल्लामा सक्रिय संक्रमित १२ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

शुक्रबार दुई संक्रमित थपिएका थिए।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ४६ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९८८ रहेको छ।यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।हाल संक्रमित मध्ये १२ जना नै होम आइसोलेसनमा रहेका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्