एमाले नीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा पाठक चयन

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)एमाले नीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा किरण पाठक चयन हुनुभएको छ।शनिबार सम्पन्न प्रथम वडा अधिवेशन बाट पाठकको अध्यक्षयतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ।

कमिटिको उपाध्यक्षमा सुमन श्रेष्ठ,सचिव गणेश श्रेष्ठ,सह–सचिव कल्याण तामाङ र सन्तोषी श्रेष्ठ चयन हुनुभएको एमाले धादिङले जनाएको छ। धादिङमा १०४ वडा मध्ये गंगजमुना–६ मा हिजै वडा अधिवेशन सम्पन्न भएको र अन्य वडाहरुमा अधिवेशन जारी रहेको छ।

देशभर एकैसाथ भएको वडा अधिवेशनको आज अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा उद्घाटन गर्नुभएको थियो।त्यस्तै ७ सय ५३ वटै स्थानीय तहको पालिका अधिवेशन ९ गते एकसाथ हुँदैछ । वडा र स्थानीय तहका पदाधिकारी ५ जना हुने एमालेले जनाएको छ। जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपपसचिव निर्वाचित हुनेछन्। यस्तै पुर्ण कमिटी भने ३१ जनाको हुनेछ ।

उपमहानगरपालिकाका वडाहरुमा ४१ र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी चयन हुने एमालेले जनाएको छ । त्यस्तै कात्तिक ९ गते हुने गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । उपमहानगरपालिका कमिटी ८५ सदस्यीय र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने एमालेले जनाएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्