पछिल्लो २४ घण्टामा ५१३  संक्रमित थपिदा ८१७ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा ५१३  संक्रमित थपिदा ८१७ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ४ हजार ९७२ जनाको पीसीआर गर्दा ४३८ जना र १९ सय ५९ जनाको एन्टिजेन परिक्षणमा ७५ गरी ५१३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार मात्रै ७०८ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २ हजार ५१५ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ८६ हजार ६३० पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५५९ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ३ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ८ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ३४५ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्