ज्वालामुखीमा सम्पन्न आठौ धारापानी कपको उपाधी सालबास युनाईटेडलाई

धादिङको ज्वालामुखी गाउँपालिका–७ धारापानीमा सम्पन्न आठौ धारापानी नाईन ए साईड खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि सालबास युनाईटेडले जितेको छ।आज भएको फाइनल खेलमा न्यु त्रिपुरासुन्दरी युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सालबास युनाईटेडले उपाधि जितेको आयोजक लगनसिल युवा क्लवका कृष्ण गिदेल मगरले जानकारी दिनुभयो। सालबासका लागि विष्णु अधिकारी, सिद्धान्त वाग्ले र सुवोध अधिकारीले एक–एक गोल गरेका थिए।

प्रतियोगिताको बिजेता सालबास युनाईटेडले नगद रु १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै उपबिजेता यु त्रिपुरासुन्दरी युवा क्लबले नगद रु ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको मगरले जानकारी दिनुभयो।साथै विभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो।लगनसिल युवा क्लवको आयोजनामा असोज ३१ गतेबाट शुरु भएको उक्त फुटबल प्रतियोगितामा जिल्लाका १८ वटा क्लबको सहभागीता रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्