गजुरीमा गुडीरहेको बसमा आगलागी

धादिङको गजुरी गाउँपालिका वडा नं १ स्थित गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ ।सुर्खेतबाट काठमाँडौ तर्फ जाँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा गएराति एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिनुभयो।

बसमा सवार ३६ जना यात्रु सकुशल रहेको तर  बस पुर्णरुपमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। ईन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालिएका कारण कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।बसमा आगो लाग्नुको यकिन नभए पनि वायरिङमा सट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्