किशोरी समुहको क्षमता विकास तालिम सम्पन्न 

गजुरी गाउँपालिकामा–१ हाँगेटारमा अवस्थित चेपाङ किशोरी छात्रावासमा रहि अध्ययन गर्ने किशोरी समुहको क्षमता विकास तालिम सम्पन्न भएको छ।चेपाङ छात्रावास किशोरी समुहको समन्वय तथा प्लानेट ईन्फाण्ड एण्ड डेभलपमेन्टको साझेदारीता र प्रयास नेपाल धादिङको सहयोगमा भएको २ दिने क्षमता विकास तालिम शनिबार सम्पन्न भएको हो।

तालिममा बाल अधिकार के हो, किशोरी समुह गठन, परिचालन र समुहले गर्न सक्ने सामुदायिक कार्यहरु, बाल विकासक्रमको बिश्लेषण, बाल अधिकारका ४ पक्षहरु, नेता, नेतृत्व, किशोरी समुहका रहेका पदाधिकारी तथा सदस्यहरुको काम कर्तव्य र उत्तरदायित्व, संचार सीप, प्रस्तुतिकरण सीप,सहजिकरण सीप, बाल सहभागीता के किन र कसरी,बालमैत्री स्थानीय शासनमा बालिकाहरुको भुमिका र जिवनउपयोगी सीप लगायतका बिषयमा बाल अधिकारकर्मी चाँदनी थापा मगर, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति सदस्य समेत रहेकी चेपाङ अगुवा महिला सुमित्रा चेपाङ र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको सामुदायिक सहजकर्ता सविना चेपाङले जानकारी दिनुभयो।

चेपाङ छात्रवास किशोरी समुहका अध्यक्ष अञ्जु चेपाङको अध्यक्षतामा भएको तालिममा  छात्रावास बसि अध्ययन गर्ने २१ जना किशोरीहरुको सहभागीता रहेको समुहको सचिव स्मृति चेपाङले जानकारी दिनुभयो। 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्