अपडेट:थप ५५७ जनामा कोरोना संक्रमण,सक्रिय सङ्क्रमित १० हजार २०१ 

पछिल्लो २४ घण्टामा ५५७ संक्रमित थपिदा ८७७ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ६ हजार ६१ जनाको पीसीआर गर्दा ५२२ जना र १५ सय ६४ जनाको एन्टिजेन परिक्षणमा ३५ गरी ५५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार मात्रै ५१३ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ३ हजार ७२ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ८७ हजार ५०७ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार २०१ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ३ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ३ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ३४८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्