समय गुज्रिसक्यो,अधिवेशनमा जानुको विकल्प छैन:डा.शेखर कोइराला 

धादिङ,०७ कात्तिक।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले काँग्रेस समाप्त हुने खेल नेतृत्व र पुर्वपधादिकारीहरुबाट भइरहेको बताउनुभएको छ।आमाको आमाको काजकिरियामा बस्नुभएका नेपाली काँग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई भेट्न आईतबार धादिङ आउनुभएको समयमा प्रेस युनियन धादिङद्धारा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा.कोइरालाले   काँग्रेस समाप्त हुने खेल नेतृत्व तह बाट नै भइरहेकाले त्यसलाइ रोक्ने जिम्मेवारी हाम्रो काँधमा आएको बताउनुभएको हो। उहाँले पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको  बताउनुभएको छ। 

डा.कोइरालाले पार्टीका नेतृत्व पङतीले वर्तमान कार्यसमितिलाई नै म्याद थप गरेर लम्ब्याउने कुरा सुनिएको भन्दै विशेष महाधिवेशन र म्याद थप स्वीकार्य नहुने बताउनुभयो।उहाँले भन्नुभयो,‘मेची देखि महाकालीसम्मका कार्यकर्ताहरुले अब नेतृत्वलाई छोड्ने वाला छैन,अधिवेशन गराएर छोड्छौ। 

उहाँले पदाधिकारी र पूर्वपदाधिकारीहरूमा महाधिवेशनको टुङ्गो लगाउने इच्छाशक्ति नदेखिएको आरोप लगाउदै आफैँले बनाएको संविधान र कानून नबिर्सन पार्टी पदाधिकारीहरूलाई सचेत गराउनुभएको छ। क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै नसक्ने समेत बताउनुभयो।पदाधिकारीहरुले अधिवेशनको ५ चोटि मिति फेरीसकेको भन्दै यसले नेपाली काँग्रेसलाइ कमजोर बनाउदै गएको उहाँको भनाई छ।

कोइरालाले प्रदेश नं १ र बागमती प्रदेशमा गठबन्धनको अन्य दलभन्दा बढि सिट भएकाले कांगेस कै नेतृत्वमा सरकार बन्नुुपर्ने बताउनुभयो।उहाँले कांग्रेस नेतृत्वको केन्द्रिय सरकार छ भनेर बागमती प्रदेश र १ नं प्रदेश देशको ठुलो प्रदेशमा सरकार अरुलाई दिने अनि नेपाली काँग्रेस दोस्रो भएर बस्यो भने के अवस्था आउँछ,हामी कसरी जाने ? भन्दै प्रश्न गर्नुभएको थियो।उहाँले कांग्रेसकै नेतृत्वमा सरकार बनोस् भनेर प्रयास गरीरहेको र सल्लाह नगरी मनपरी गरेका स्वीकार्य नहुने बताउनुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्