तिहारमा मखमली फुलको मालाको मुल्य बढ्ने 

यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षातले फूलखेती प्रभावित भएको छ ।यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो।फ्लोरिकल्चर एशोसिएशन अफ नेपालका अनुसार मखमली फूलको १ मिटरसम्म लम्बाइको मालाको खुद्रा मूल्य गतवर्षको भन्दा २० रुपैयाँले बढेर १ सयसम्म पुग्ने अनुमान गरिएको छ ।मालाको लम्बाइ अनुसार त्यसको मूल्य निर्धारण हुने गर्दछ ।

गतवर्ष मखमली फूलको मालाको खुद्रा मूल्य ८० रुपैयाँ थियो ।केही दिनअघि परेको पानीले फूलखेतीमा ३० देखि ३५ प्रतिशतसम्म क्षति पुगेको एशोसिएशनको प्रारम्भिक तथ्यांक छ।त्यसैगरी कोरोना महामारीका कारण करीब २२ प्रतिशत पुष्प व्यवसायी पलायन हुँदा समग्र फूलखेतीमा कमी आएकोे बताइएको छ।

चितवन, रूपन्देही, नवलपरासी, दाङ, काठमाडौं, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक लगायत जिल्लामा लगाइएको फूलखेतीमा वर्षातले धेरै क्षति पु¥याएको एशोसिएशनका महासचिव विश्वमणि पोखरेलले बताए ।यद्यपि तिहारमा खपत हुने मखमली फूलको ८५ प्रतिशत माग आन्तरिक उत्पादनले धान्ने र बाँकी १५ प्रतिशत माग फूल आयातपछि पूर्ति हुने उनले बताए । राजधानी दैनिकबाट 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्