आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना 

आज बाग्मती प्रदेश प्रदेश नं १, प्रदेश नं २ र ण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले बदलीको सम्भावना रहेको जनाएको हो ।हाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भूभागमा आंशिक बदली  रहेको छ । यस्तै, आज राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्