फाइजरको एक लाख ६२० डोज खोप काठमाडौँ आइपुग्यो,दीर्घरोगीलाई लगाईने

काठमाण्डौ,०८ कात्तिक।
अमेरिकाबाट बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६ सय २० डोज खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत कतार एयरलाइन्सको विमानमार्फत बिहान फाइजरको एक लाख ६ सय २० डोज खोप काठमाण्डौ आइपुगेको हो।फाइजरको खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति भए पनि थोरै मात्रामा आएकाले दीर्घरोगीलाई लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थप डोज आएपछि मात्रै बालबालिकालाई लगाइने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो । यसअघि गएको जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।
तस्बिर:अमेरिकी दूतावास,नेपाल

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्