कांग्रेस धादिङका नेता जोमसाइ घलेको मस्तिष्कघातका कारण निधन

नेपाली कांग्रेस धादिङका नेता तथा पूर्व जिल्ला कमिटी सदस्य जोमसाइ घलेको निधन भएको छ।उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं. २ स्थित तिप्लिङमा आज बिहान घलेको ६५ वर्षको उमेरमा मस्तिष्कघातका कारण निधन भएको हो।

आईतबार बेलुकी करिब ८ः०० बजे उच्च रक्तचापले निकै असहज बनाएपछि उपचारको लागि तिप्लिङ स्वास्थ्य चौकीमा लगिएको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदाहुँदै मस्तिष्कघातका कारण निधन भएको परिवार श्रोतले बताएको छ।

जोमसाइ घले नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्र नं. २ धादिङका क्षेत्रीय सदस्य एवम् नेपाल विद्यार्थी संघ, धादिङका पूर्वसचिव डेविड घलेका पिता हुन्।घले धादिङको उत्तरी क्षेत्रका ग्रामीण भेगमा कांग्रेसका तर्फबाट राजनीतिक तथा सामाजिक जागरण फैलाउन पञ्चायतकालदेखिकै कृयाशिल नेता हुन्।

घलेको निधनले नेपाली कांग्रेसको संगठन र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको  कांग्रेस धादिङका जिल्ला सदस्य विकास श्रेष्ठले बताउनुभयो। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्