पार्टीको बैधानिकता कुनै पनि किसिमले जोखिममा छैनःनेता साउद 

पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले पार्टीको १४ औं महाधिवेशन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ।आमाको काजकिरियामा बस्नुभएका नेपाली काँग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई समवेदना प्रकट गर्न सोमबार धादिङ आउनुभएको समयमा प्रेस युनियन धादिङद्धारा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता साउदले महाधिवेशन तोकिएकै समयमा हुने दावी गर्दै कुनै पनि हालतमा नसर्ने बताउनुभयो। उहाँले १२–१३ जिल्ला बाहेक देशभर हामीले करिब ६ हजार वडामा अधिवेशन सम्पन्न गरीसकेको भन्दै अब यो अधिवेशन हुने होकि होइन भनेर शंका नगर्न आग्रह गर्नुभयो। 

अधिवेशन ढिलो गर्नु भन्दा पनि यसलाइ समयमा नै सकाउनुपर्ने बताउदै नेता साउदले भन्नुभयो,‘२–४ दिन परिस्थितिले तल माथि गरायो भने अलग कुरा हो तर महाधिवेशन समयमा टुङग्याउनु पर्छ।’कांग्रेसले ६ हजार वडामा अधिवेशन गर्न सक्छ,नगर गाउँको कतिपय ठाउँमा सक्किसकेको छ भने बाँकी रहेका जिल्लामा अधिवेशन गर्न सक्दैन भनेर सोच्नु उपयुक्त नहुने नेता साउदको भनाई छ।तिहार र छठपछि मात्र पार्टी महाधिवेशन हुने बताउँदै नेता साउदले नेतृत्वलाई मात्र दोष दिएर कोहीपनि उम्कन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालका सम्पुर्ण राजनितिक पार्टीहरुले साढे ५ वर्ष भित्र महाधिवेशन गर्न सक्या छैनन्,त्यसकारण काँग्रेस मात्र यस्तो एउटा पार्टी हो जसले ५ वर्ष,साढे ५ वर्ष भित्र आफनो वडा अधिवेशन,गाउँ अधिवेशन भएपनि प्रक्रिया सुरु गरेको छ।त्यसकारण पार्टीको बैधानिकता कुनै पनि किसिमले जोखिममा छैन,उहाँले भन्नुभयो। 

साउदले पार्टीमा नयाँ पुस्ताले नेतृत्वको विकल्प खोजेपनि सशक्त विकल्प दिन नसकेको बताउनुभएको छ।पार्टीमा पुरानै नेताहरुको संयोजनमा युवाहरुले आफनो ठाउँ खोजेको भन्दै उनीहरुलाई निर्णायक तहसम्म पु¥याउने काममा युवाहरुले अग्रसरता लिई अवसर दिनुपर्ने बताउनुभयो। पार्टीमा युवाहरु केन्द्रिय समितिको सदस्यको रुपमा मात्र होइन कि पदाधिकारीको कम्पोजिसन भित्रपनि उपस्थितिका साथ आउनुपर्ने उहाँको भनाई छ।

साउदले सभापति बाहेक कार्यकारी पदको उम्मेदवारी दिने समेत घोषणा गर्नुभएको छ।प्रदेश १ र बागमति प्रदेशमा नेपाली काँग्रेसकै नेतृत्वमा प्रदेश सरकार बनाउनु पर्छ भनेर डा. शेखर कोइरालाले अभिव्यक्ति दिएको भोलिपल्ट साउदले गठबन्दनको सहमति अनुसार नै प्रदेश सरकार बनाउनुपर्ने बताउनुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्