सिद्धलेक गाउँपालिकाद्वारा पहिरो पीडित घलेपरिवालाई नगद १-१ लाख सहयोग 

धादिङको सिद्धलेक गाउँपालिकाले पहिरोको कारण विस्थापित भएका दुई घर परिवारलाई नगद एक–एक लाख सहयोग गरेको छ।अविरल बर्षाको कारण पहिरो जाँदा विस्थापित भएका सिद्धलेक गाउँपालिका वडा नम्बर ५ बेलघारी बस्ने दुई घर परिवारलाई आज नगद एक–एक लाखको चेक वितरण गरीएको हो।गाउँपालिका उपाध्यक्ष कमला शर्मा अधिकारीले चेलीमायाँ घले र श्रीमायाँ घलेललाई चेक वितरण गर्नुभएको हो।

भुकम्प पश्चात निर्माण गरीएको भुकम्प प्रतिरोध घर पहिरोले क्षती पु¥याएको थियो ।उक्त स्थानमा बस्नको लागि उपयुक्त नभएको कारण अन्यन्त्र स्थानान्तरण गर्नुपर्ने भएकोले गाउँपालिकाले आर्थिक सहयोग गरेको गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा अधिकारीले जानकारी दिनुभयो।पहिरोले क्षती पु¥याएपछि घले परिवारले गाउँपालिकामा निवेदन दिनुभएको थियो।गाउँपालिकाको प्राविधिकले स्थलगत अनुगमन गरी मुल्यांकनको आधारमा आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिनुभयो। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्