देशभर आज ६६६ जनालाई संक्रमण,६२२ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा निको हुने भन्दा संक्रमित हुने बढि रहको छन् । आज ६६६ संक्रमित थपिदा ६२२ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ९ हजार ७७१ जनाको पीसीआर गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परिक्षणमा ९७ गरी ६६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमबार मात्रै ७७६ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ५ हजार ५१४ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ८८ हजार ६३० पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार २९६ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ३ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ११ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ३७२ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्