धादिङको किन्ताङफेदीमा स्वास्थ्य शिबिर हुदै

नेत्रावती डबजोङ गाउपालिका वडा न १ स्थित किन्ताङफेदीमा बृहत स्वास्थ्य शिविर हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना,नेपाली सेना श्री शिवदल गणको संयोजकत्व तथा नेपाली सेना अस्पताल लगाएत नेत्रावती डवजोङ, गंगाजमुना र खनियाबास गाउँपालिकाकोसमन्वयमा कात्तिक १३ गते उक्त स्थानमा बृहत शिविर संचालन हुने नेत्रावती डबजोङ गाउपालिकाका सूचना अधिकारी एवम स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।

१३ गते शनिबारका दिन वडा न १ को मंगला देबी मा.वि किन्ताङ फेदीमा बिहान १० बजे देखि बेलुका ४ बजे सम्म संचालन हुने शिविरमा मेडिकल अधिकृत,बाल रोग बिशेषज्ञ चिकित्सक, स्त्री रोग चिकित्सक, डेन्टल सर्जन, आंखा चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरिने पौडेलले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्