धादिङमा थपिए दुई संक्रमित,सक्रिय संक्रमित १२ पुग्यो

धादिङमा आज सात जनाको एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखी गाउँपालिकाका दुई जनाको कोरोना पोजिटिभ आएको छ।यो सँगै हाल जिल्लामा सक्रिय संक्रमित १२ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ४९ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९९१ रहेको छ।यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।हाल संक्रमित मध्ये १२ जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्