देशभर थपिए ६७२ संक्रमित,४९५ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा निको हुने भन्दा संक्रमित हुने बढि रहको छन् । आज ६७२ संक्रमित थपिदा ४९५ संक्रमित निको भएका छन् । देशभरका प्रयोगशालाबाट ७ हजार १६७ जनाको पीसीआर गर्दा ५८२ जना र २ हजार ३ सय २८ जनाको एन्टिजेन परिक्षणमा ९० गरी ६७२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले बताउनुभयो।

मंगलबार  मात्रै ६६६ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ५ हजार १८५ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ८९ हजार १२५ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ३७५ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ३ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ८ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ३८० पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्