धादिङबेशीमा ६९ जनाद्धारा रक्तदान

रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका आयोजना तथा साघुँटार समाज सुधार समिति र विन्दुकेशर टोल विकास संस्थाको सह आयोजनामा भएको रक्तदान कार्यक्रममा २४ जना महिला र ४५ जना पुरुष गरी ६९ जनाले रक्तदान गरेका धादिङ रेडक्रसका उप–मन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको धादिङको प्राविधिक सहयोग रहेको थियो। यसैगरी बार्षिकोत्सवको अबसरमा सहकारीका असल बचतकर्ता सदस्य छ जना असल ऋणी सदस्य छ जना र असल बचत कर्ता २ वटा सिमालिघारी कृषक समूह र कंकाली बचत समूहलाई सम्मानित गरिएको सहकारीले जनाएको छ।

रामकोट सहकारी सस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको प्रमुख आथित्यता रहेको थियो। साथै कार्यक्रममा निलकण्ठ नगरपालिका वडा नं ८ का वडाध्यक्ष गुणराज थपलिया,नगरपालिकाका सल्लाहकार दिपक कोइराला, रामकोट सहकारीका पूर्वअध्यक्ष हेमराज श्रेष्ठ, नेपाल पत्रकार महासघ बाग्मती प्रदेशका सदस्य काजी श्रेष्ठ लगाएतको आतिथ्य रहेको थियो।

धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ। जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्