बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावी

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी गर्नुभएको छ। पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ।पाँच दलीय गठबन्धनले ५९सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्