राहदानीको द्रुत सेवाको सिफारिस केही समयको लागि बन्द

जिल्ला प्रशासन कार्यालय धादिङबाट अत्यावश्यक बाहेक राहदानीको द्रुत सेवाको सिफरिस केही समयको लागि बन्द हुने भएको छ ।प्रशासनले बुधबार एक सुचना जारी गदै राहदानी विभागले सुरक्षित र भरपर्दो विद्युतीय राहदानी इ पासपार्ट जारी गर्ने तयारी गरिरहेकोले तिहारको विदापछि करिब दुई हप्ताको लागि अत्यावश्यक बाहेक राहदानीको द्रुत सेवाको सिफरिस नहुने जानकारी गराएको हो।

राहदानी बनाउनु पर्ने अत्यावश्यक प्रमाणसहित आएका सेवाग्राहीहरुलाई मात्र दु्रत सेवाको लागि सिफारिस गरिने प्रशासनले जनाएको छ।साथै राहदानी द्रुत सेवा राहदानी विभाग काठमाण्डौबाट लिन लागि राहदानी बनाउनुपर्ने कारण/प्रमाण जस्तै भिषा, वर्क परमिट, यात्रा टिकट वा कुनै निमन्त्रणा काजजात राखेर मात्र आवेदन दिन पनि प्रशासनले अनुरोध गरेको छ।

यी प्रमाण नभएका सेवाग्राहीलाई दु्रत सेवा सिफारिस नहुने प्रशासनले जनाएको छ। यस्तै नयाँ विद्युतीय राहदानी जारी गर्ने सन्दर्भमा पुराना एमआरपि छपाई गर्ने प्रक्रियामा केहि ढिलाई भएता पनि सामान्य सेवा यथावत रहने प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

प्रशासनले जारी गरेको सूचना

May be an image of text

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्