नेपालले आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानसँग खेल्दै छ। नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे रिपब्लिकन सेन्ट्रल स्टेडियममा सुरु हुनेछ।

छनोटको समूह बी को नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो।आज नेपाल पहिलो अंकको खोजीमा हुनेछ।

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ। छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्