बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा पदभार ग्रहण

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।उहाँलाई आजप्रदेश प्रमुख यादवचन्द्र शर्माले  पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

अष्टलक्ष्मी शाक्यले हिजो मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो ।

पाण्डेले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

कृष्णप्रसाद खनालले आन्तरिक मामिला, कृष्णलाल भँडेलले भौतिक पूर्वाधार र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रीको सपथ लिनुभएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्