आँखा शिविरबाट १७० जनाले सेवा लिए

धादिङको नेत्रावती डवजोङ गाउँपालिका–३ सेमजोङ स्वास्थ्य चौकिमा आज आयोजित आँखा शिविरबाट १७० जनाले सेवा लिएका छन् ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको संयुक्त आयोजना र बिभिन्न निकायहरुको संयोजकत्वमा सञ्चालित एकदिने आँखा शिविरमा १०१ पुरुष र ६९ महिलाले सेवा लिएको नेत्रावती डवजोङ गाउँपालिका–३ का वडाध्यक्ष बिजय कुमार तामाङले जानकारी दिनुभयो।

शिविरमा आँखा उपचारमा पुगेका बिरामीलाई औषधि र परामर्श पनि निःशुल्क प्रदान गरिएको छ । उपचारका लागि पुगेकामध्ये १५ जनामा मोतिया बिन्दु भएको पाइएको र मोतिया बिन्दु भएका सबै जनाको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा मंसिर १६,१७ र १८ गते निःशुल्क अप्रेशन गरिने डा.रामसिंह तामाङले बताउनुभयो। शिविर १२ गते मार्पाक स्वास्थ्य चौकि,१३ गते मंगलादेवी मावि किन्ताङफेदी र १४ गते भोगटेनी स्वास्थ्य चौकी सत्यदेवीमा सञ्चालन हुने तामाङले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्