नेत्रावती डबजोङ गाउपालिका वडा न १ स्थित किन्ताङफेदीमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।श्री नं ६ वाहिनी अड्डाको आयोजना,जिल्ला प्रशासन कार्यालय धादिङको संयोजकत्व तथा श्री नं ६ फि.ए गुल्म बैरनी, धादिङ अस्पताल, स्वास्थ्य कार्यालय धादिङ, सामुदायिक आँखा केन्द्र, नेत्रावती डवजोङ, गंगाजमुना ,खनियाबास र त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वय र श्री शिवदल गण गजुरीको व्यवस्थापनमा मंगला देबी मा.वि किन्ताङ फेदीमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो।
शिविरमा मेडिकल अधिकृत,बाल रोग बिशेषज्ञ चिकित्सक, स्त्री रोग चिकित्सक, डेन्टल सर्जन, आंखा चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो। शिविरमा ११० जनाले सेवा लिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका नेत्र अधिकृत रामसिङ तामाङले जानकारी दिनुभयो ।
शिविरमा आँखा उपचारमा पुगेका बिरामीलाई औषधि र परामर्श पनि निःशुल्क प्रदान गरिएको छ । उपचारका लागि पुगेकामध्ये ५ जनामा मोतिया बिन्दु भएको पाइएको र मोतिया बिन्दु भएका सबै जनाको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा मंसिर १६,१७ र १८ गते निःशुल्क अप्रेशन गरिने डा.रामसिंह तामाङले बताउनुभयो। शिविर१४ गते भोगटेनी स्वास्थ्य चौकी सत्यदेवीमा सञ्चालन हुने तामाङले बताउनुभयो। तस्विर दिपक अधिकारी