बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला 

त्रिपुरासुन्दरी गाउँपालिका–१ मा बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ।आईतबार  जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि आयोजित १ दिने बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशालामा  जनप्रतिनिधि तथा सरोकारवालाहरु समेत गरि २७ जनाको सहभागीता रहेको थियो । 


No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु थापाले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि त्रिपुरासुन्दरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गर्दै आएको बताउनु भएको छ ।त्रिपुरासुन्दरी बालमैत्री  न्युनतम सुचक , भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब बालमैत्री पद्धति अबलम्बन गरि बाल अधिकार र शारीरिक,मानसिक, संवेगात्मक र शैक्षिक उपलब्धि केन्र्दित भएर कार्य भई रहेको  बताउनुभयो। यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवअं कुमारी बुर्लाकोटीले गाउँपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताउनुभयो  । 

बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि  ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत  घर परिवार,टोल बस्ती ,वडा हुँदै पालिकालाई नै  बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यशाला गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले बताउनु भयो ।  

No description available.

कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि निति,कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किला शुरु, ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा  सुचकहरु, सुचकहरुको सरलिकण,आचार संहिता निमार्ण, बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेश अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

No description available.

अभिमुखिकरण कार्यशाला पछि त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष भोजबहादुर रिजालको अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति समेत गठन गरिएको पनि महिला बालबालिका शाखा प्रमुख मिना देवकोटाले जानकारी दिनुभयो।​

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्