धादिङबेशीमा सन्चालनमा आयो एसजेएस हट एण्ड स्पाईसी होटल

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मिलनटोलमा एसजेएस हट एण्ड स्पाईसी होटलको शाखा सन्चालनमा आएको छ ।आईतबार संविधान सभा सदस्य तथा नेकपा एकिकृत समाजवादी पार्टी धादिङका ईन्चार्ज गुरु प्रसाद बुर्लाकोटीले हट एण्ड स्पाईसी धादिङ शाखाको उद्घाटन गर्नुभएको हो ।

वेस्टेन परिकारलाई नेपाली स्वादमा विभिन्न परिकारहरु बनाएर चर्चामा रहेको एसजेएस हट एण्ड स्पाईसी होटेलले धादिङको मिलनटोलमा पनि सन्चालनमा ल्याएको प्रमुख ज्ञान गुरुङले जानकारी दिनुभयो ।१० बर्ष दुवईको विभिन्न पाँच तारे होटलमा काम गरेर फर्किएका ज्ञान गुरुङले नेपाल फर्केर पोखरामा हट एण्ड स्पाईसी होटल सन्चालनमा ल्याउनु भएको थियो ।

अहिले पोखरा सहित देशका ७ भन्दा बढी जिल्लामा उक्त होटलको शाखा सन्चालनमा रहेको हट एण्ड स्पाईसी धादिङ शाखाका सन्चालन एलिजर तामाङले बताउनुभयो।आजबाट सन्चालनमा आएको उक्त होटलमा फास्ट फुड,पिज्जा,वर्गर,स्याण्डह्विच,मट्का चिया,मट्का बिरयानी,सि फुड लगायत अन्य परिकारहरु सस्तो मुल्यमा पाईने सन्चालन केबी लामाले जानकारी दिनुभयो।

उक्त होटलले १० किलोमिटर क्षेत्र वरपर निशुल्क डेलिभरी गर्ने लक्ष्य रहेको एलिजर तामाङले बताउनुभएको छ । स्वाद स्वास्थ्य र समाजको निम्ति,धुम्रपान तथा मध्यपान सहित समाज निर्माण गर्ने हाम्रो प्रतिबद्धता भन्ने नाराको साथ स्थापना गरीएको हट एण्ड स्पाईसीमा धुम्रपान र मध्पान निषेध गरीएको छ। 

No description available.

No description available.

No description available.

No description available.

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्