एस्ट्राजेनिकाको दुई लाख एक हजार ६०० मात्रा खोप आइपुग्यो

काठमाडौँ,१५ कात्तिक। 
माल्दिभ्सले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार गए राति दुई लाख एक हजार ६०० मात्रा खोप काठमाडौँ आइपुगेको हो।

ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ ।उक्त खोप लगाउन बाँकी भएकालाई दिईने उहाँले बताउनुभयो।उक्त खोप एक महिनामा म्याद सकिने हुँदा छिट्टै लगाउने तयारी गरिएको छ।

खोप एक महिनासम्म मात्रै लगाउन मिल्ने मिति भएकाले यसलाई छिट्टै पहिलो डोजस्वरुप लगाउने तयारी भएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले बताउनुभयो। नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ।   

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्