थप ५३३ जनामा कोरोना संक्रमण,४९० संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर एघार हजार ६४४ को परिक्षणमा ५३३ संक्रमित थपिदा ४९० संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार ४६८ जनाको पीसीआर गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परिक्षणमा ९२ गरी ५३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आईतबार मात्रै ४०८ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ४ हजार ६२९ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९२ हजार २७७ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३१८ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ४ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ९ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४१६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्