विशालटारमा जारी क्रिकेटमा आज संवाहक,गजुरी र जनहित बिजयी,गजुरी सेमिफाईनल प्रवेश

बेनीघाट रोराङको विशालटारमा जारी जिल्ला स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा आज ३ खेल सम्पन्न भएका छन् । उक्त खेलहरुबाट संवाहक युवा क्लब, गजुरी सामुदायीक विकास समाज र हाम्रो जनहित समाज विजयी भएका छन् ।आजको पहिलो खेलमा बैरेनी युवा समुह बिरुद्ध सम्बाहक युवा क्लबले ९ विकेटको जित निकालेको छ ।

टस जितेर ब्याटिङका लागि आएको बैरेनी युवा समुहले १९.२ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १०४ रन जोड्यो । १०५ रनको लक्ष्य पछ्याउने आएको सम्बाहकले १६.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

दोस्रो खेलमा गजुरी सामुदायिक विकास समाजले कारु मेमोरियल ट्रस्टका बिरुद्द ९१ रनको जित निकालेको छ ।आजको जित सँगै गजुरी सेमीफाईनल प्रवेश गरेको छ । टस जितेर कारु मेमोरियल ट्रस्टले गजुरी सामुदायिक विकास समाजलाई ब्याटिङको निम्तो दिएको थियो । गजुरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन जोडे । १७३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको कारु ८२ रनमै समेटियो । 

आजको अन्तिम खेलमा हाम्रो जनहित युवा समाजले धादिङ समाज धादिङलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको धादिङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०८ रन जोडेको थियो । जवाफी ब्याटिङ गर्न आएको हाम्रो जनहितले १९.३ ओभरमै लक्ष्य पूरा गरि बिजयी भएको हो।

प्रतियोगिता अन्तरगत भोली पनि ३ खेल हुनेछन् ।

बिहान ७ बजे :–
त्रिपुरासुन्दरी क्रिकेट टिम र शुभारम्भ युवा समाज

बिहान ११ बजे :–
भद्रकाली सामुदायिक बिकास समाज र चक्रदेवी सामुदायिक समाज

दिउसो २ बजे :–
गलौदी युवा क्लब र साङ्कोस क्रिकेट टिम

जिल्ला क्रिकेट संघ धादिङको आयोजनामा कात्तिक ११ गतेबाट शुरु भएको प्रतियोगिताको फाईनल तथा समापन कात्तिक १८ गते हुने छ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्