कटुन्जेमा भोलिदेखि “प्रथम महाभिर चुली कप”फुटबल प्रतियोगिता सुरु हुदैँ,२७ टिम सहभागि 

धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ कटुन्जे बजारमा“प्रथम महाभिर चुली कप” फुटबल प्रतियोगिता भोलिदेखी सुरु हुने भएको छ। ‘खेलाडी राष्ट्रको गहना– खेलाडी बनाउने हाम्रो चाहाना’ भन्ने मुल नाराका साथ कटुन्जे बाराही युवा क्लबको आयोजनामा भोलिदेखि कटुन्जे बजार खेलमैदानमा “प्रथम महाभिर चुली कप” सुरु हुन लागेको हो।

आज कात्तिक १५ गते टिम दर्ता गर्ने अन्तिम दिनसम्म जिल्लाका जम्मा २७ वटा टिमले नाम दर्ता गराएको र खेल तालिका समेत सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।उक्त प्रतियोगिताको प्रथम पुरस्कार नगद रु पचास हजार ५०५ रुपैँया, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार रु तिस हजार ३०३ रुपैँया सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतिय पुरस्कार रु दश हजार १०१ रुपैँया र ट्रफी, मेडल, प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।

त्यसैगरी प्रतियोगिताको हरेक खेलमा म्यान अफ दि म्याचलाई मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने,उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने साथै बिजेता, उपबिजेता र तृतिय हुने टिमका टिम कोचहरुलाई समेत मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने कटुन्जे बाराही युवा क्लबका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक विवेक मानन्धरले जानकारी दिनुभयो ।प्रतियोगिताको फाईनल तथा पुरस्कार वितरण कार्यक्रम कात्तिक १८ गते लक्ष्मी पुजाको दिन हुने शाक्यले बताउनुभयो। 

प्रतियोगिताको पहिलो दिन भोली ९ खेल हुने
खेल तालिका

बिहान ७ बजेः
डि. एफ. सि. धादिङ र सुकेला छार युवा क्लव

बिहान ८ बजेः
छार राहा युवा क्लव र कटुन्जे बाराही युवा क्लव (सि)

बिहान ९ बजेः 
कटुन्जे बाराही युवा क्लव (ए) र चरङ्गे युवा समाज (बि)

बिहान १० बजेः 
समाज गैसाङ युवा क्लव र दुब्चे युवा क्लव (बि)

बिहान ११ बजेः 
हुलाकी जागरुक युवा क्लव (ए) र रिप युवा क्लव (बि)

दिउँसो १ बजेः 
दुब्चे युवा क्लव (ए) र छोइलिङ युवा क्लव (बि)

दिउँसो २ बजेः चरङ्गे युवा समाज (ए) र फूटबल क्लव भोर्ले

दिउँसो ३ बजेः 
छोइलिङ युवा क्लव (सि) र योङ स्टार क्लव 

दिउँसो ४ बजेः
छोइलिङ युवा क्लव (ए) र चरङ्गे युवा समाज (सि)

प्रतियोगिताको अनलाईन मिडिया पार्टनरहरुमा भिजन न्युज नेपाल–काठमाण्डौ, धादिङ संचार र मैनबत्ती डटकम–धादिङ तथा रेडियो पार्टनरमा निलकण्ठ एफ.एम.९८.५ मेगाहर्ज धादिङ रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्